चल्ला बोकेर माइतीघरमा पोल्ट्री व्यवसायीको आन्दोलन, सरकारसँग राखे १२ माग
nepalpress.com · Mon Aug 24 07:04:44 GMT 2026

काठमाडौं । कुखुरापालक किसानहरूले आफ्नो पेशामा भोग्नुपरेका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै कृषि, वन तथा वातावरण मन्त्रीसमक्ष १२ बुँदे माग राखेका छन् । उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने र बजारमा व्याप्त बिचौलियाको एकाधिकार अन्त्य हुनुपर्नेलगायतका मागसहित उनीहरूले माइतीघरमा प्रदर्शन गरे ।
कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने माग गरिएको छ । किसानको लागत, जोखिम र लगानीलाई आधार मानी सरकारले कुखुराको न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)