अर्जुनचौपारीमा दुग्ध चिस्यान केन्द्र
gorkhapatraonline.com · Mon Aug 24 07:16:20 GMT 2026

यहाँको अर्जुन चौपारी गाउँपालिका –१ बजारमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ । भैसीपालक किसानलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।
गण्डकी प्रदेश कृषि, भूमि ब्यवस्था सहकारी मन्त्रालय पशुपन्छी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको ९० प्रतिशत आर्थिक अनुदान सहयोगमा चिस्यान केन्द्र थालनी गरिएको हो । यहाँ प्रशिक्षण केन्द्र पोखराले चार लाख ७२ हजार पाँचसय लगानी गरेको हो भने सहकारीले ५२ हजार पाँचसय साझेदारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)