पशुपतिनाथमा विशेष पूजा
nepalnews.com · Mon Aug 24 07:22:08 GMT 2026

काठमाडौं । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ। पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन्।
चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो। गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए। भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)