‘कमेडी नाइटका क्लिप फेसबुक र इन्स्टाग्राममा राखे पेज ब्लक हुन सक्छ, हामी केही गर्न सक्दैनौं’
techpana.com · Mon Aug 24 07:32:30 GMT 2026

काठमाडौं । मनोरञ्जनमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’ ले आफ्नो कार्यक्रमका भिडिओ क्लिप सामाजिक सञ्जालमा नराख्न अनुरोध गरेको छ । मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा कार्यक्रमका छोटा क्लिप अनधिकृत रूपमा पोस्ट भइरहेको भन्दै आयोजकले यस्तो आग्रह गरेको हो ।
कार्यक्रम निर्माण टोलीले सार्वजनिक गरेको सूचना अनुसार ‘कमेडी नाइट विथ च्याम्पियन’ को बौद्धिक सम्पत्ति उनीहरूको नाममा दर्ता भइसकेकाले मेटाले स्वचालित कपिराइट क्लेम लगाउने गर्छ । सूचना जारी गर्दै निर्माण टोलीले भनेको छ, “यदि तपाईंको फेसबुक वा इन्स्टाग्राममा हाम्रा कार्यक्रमका भिडिओ क्लिप हालिएका छन् भने मेटाको अटोमेटिक सिस्टमका कारण पेज नै ब्लक हुन सक्छ वा मनिटाइजेसनमा गम्भीर असर पर्न सक्छ । यो प्रणाली स्वचालित भएकाले कपिराइट लागेपछि हामीले चाहेर पनि हटाउन सक्दैनौं ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)