निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग
ratopati.com · Mon Aug 24 07:44:41 GMT 2026

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो ।
सुरुङमार्गबाट कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले काठमाडौँ–धादिङ आउजाउ गर्न सक्नेछन् । यसअघि इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)