परराष्ट्रमन्त्री खनाल सर्बिया जाने
ratopati.com · Mon Aug 24 07:41:05 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागिता जनाउने भएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)