परराष्ट्रमन्त्री खनाल सर्बिया जाँदै
nepalnews.com · Mon Aug 24 07:47:14 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्। असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभाको आयोजना हुँदैछ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। ६५औं वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)