शंखमूलमा भएको युवकको मृत्यु र विक्षिप्त अवस्थाप्रति सरकारको ध्यानाकर्षण
ratopati.com · Mon Aug 24 07:48:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले काठमाडौँको शंखमूलस्थित एक होस्टेलमा भएको युवकको मृत्यु र त्यसले निम्त्याएको विक्षिप्त पारिवारिक अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभा सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आचार्यले शंखमूलको होस्टेलमा वसन्त कालाखेतीको मृत्यु भएको र सो खबर सुने लगत्तै दाङमा रहेकी उनकी आमाको पनि मृत्यु भएको हृदयविदारक घटना सुनाए। ‘छोराको मृत्युको खबरले दाङमा आमाको पनि मृत्यु भयो, तर परिवारमा यत्रो बज्रपात पर्दा पनि वसन्तका बुवा वैदेशिक रोजगारीबाट घर फर्कन पाएका छैनन्,’ आचार्यले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)