उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको प्रमाणसहितको उजुरी: यस्तो छ उपसभामुखलाई बुझाइएको दस्ताबेज
ratopati.com · Mon Aug 24 07:52:11 GMT 2026

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्नका लागि कानुनी र राजनीतिक आधारसहितका प्रमाणहरू प्रदेश सभा सचिवालयमा पेस गरेको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले उपसभामुख इन्दिरा चापागाईंलाई बुझाएको उक्त 'डकुमेन्ट फाइल' मा थापाले पार्टीको विधान र संसदीय मर्यादाको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ।
पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखलाई सम्बोधन गरी पठाएको पत्रमा थापालाई तत्काल पदमुक्त गर्न औपचारिक आग्रह गरिएको छ। पत्रमा उल्लेख भएअनुसार, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सहभागी नहुने र तटस्थ बस्ने स्पष्ट निर्णय गरेको थियो। तर, नेता थापाले सो निर्णय र पार्टीको आधिकारिक 'ह्विप' लाई पूर्णतः बेवास्ता गर्दै आफूखुसी नेकपा एमालेका मुख्यमन्त्रीका उम्मेदवारलाई समर्थन पत्र बुझाएपछि उनी कारबाहीको दायरामा परेको पत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)