बर्नह्याम किएभ जाँदै
gorkhapatraonline.com · Mon Aug 24 08:09:17 GMT 2026

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार किएभ भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
भ्रमणका क्रममा उहाँले रुस विरुद्धको युद्धमा युक्रेनलाई बेलायतको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुहुनेछ । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार बर्नह्यामले युक्रेनलाई सहयोग गर्ने देशको समूह ‘कोएलिसन अफ द विलिङ’ को पहिलो बैठकको किएभमा सहअध्यक्षता गर्नुहुनेछ । बैठकमा केही सहभागी प्रत्यक्ष र केही भिडियोमार्फत जोडिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)