बाँदर धपाउने क्रममा अरिङ्गालले टोक्दा युवक घाइते
onlinekhabar.com · Mon Aug 24 07:55:23 GMT 2026

८ भदौ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ कालिका गाउँमा बाँदर धपाउने क्रममा अरिङ्गालले टोकेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका २५ वर्षीय सञ्जु राना रहेका छन् ।
मकैबारीमा बाँदर धपाउने क्रममा रुखमा ढुंगा हान्दा अरिङ्गालको गोलामा ढुंगा लाग्न पुगेको थियो । त्यसपछि करिब २०/२५ वटा अरिङ्गालले रानाको शरीरका विभिन्न भागमा टोकेर घाइते बनाएको गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)