नयाँ नामी बक्स नाडा अटो शोमा सार्वजनिक गरिँदै
baahrakhari.com · Mon Aug 24 08:14:56 GMT 2026

काठमाडौं । नामीले यस वर्षको नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शो २०२६ मा सार्वजनिक गरिनेछ । उक्त शो यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना गरिँदै छ ।
सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो । यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)