प्रधान सेनापतिद्वारा दज्र्यानी चिह्न प्रदान
gorkhapatraonline.com · Mon Aug 24 08:19:23 GMT 2026

प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति हुनुभएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दज्र्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)