‘नाडा अटो शो गाडी किन्ने–बेच्ने थलो मात्र होइन, प्रविधि र मोबिलिटी बुझ्ने मञ्च हो’ -अध्यक्ष उप्रेती [भिडियो]
kendrabindu.com · Mon Aug 24 08:15:16 GMT 2026

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो ५० वर्षे स्वर्ण महोत्सवको अवसरमा भाेलि भदौ ९ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘१८औँ नाडा अटो शो २०२६’ आयोजना गर्दैछ। तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस ६ दिने विशाल प्रदर्शनीमा ५३ सवारी ब्रान्डसहित २०० भन्दा बढी स्टलहरू रहनेछन्।
गाडी खरिदका लागि केही साता लागे पनि त्यसपछिको झन्डै १० वर्ष वर्कसप, बैंक, बीमा र स्पेयर पार्ट्स पसलहरूसँगको सम्बन्धमा बित्छ । यही तथ्यलाई मध्यनजर गर्दै यसपटकको अटो शोमा केवल नयाँ गाडी मात्र नभई ब्याट्री, टायर, चार्जिङ उपकरण, ग्यारेज टुल्स, बैंक तथा बीमाका छुट्टाछुट्टै डोमेन राखिएका छन्। यसले उपभोक्तालाई गाडी खरिदसँगै बिक्रीपछिको पूर्ण सेवा र वित्तीय सुविधाबारे एउटै छानामुनि बुझ्ने अवसर दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)