‘गौंथली’ को दबदबा कायमै, २५ करोडभन्दा बढीको व्यापार
kalakarmi.com · Mon Aug 24 08:18:37 GMT 2026

काठमाडौं– नेपाली फिल्मको बक्सअफिसमा ‘गौंथली’ ले आफ्नो दबदबा कायमै राखेको छ । भदौ ७ गते आइतवार राति ११ः५९ बजेसम्मको बक्सअफिस तथ्यांकअनुसार ‘गौंथली’ ले हालसम्म ९ लाख ९ हजार ४ सय २६ टिकट विक्री गर्दै २ करोड ५० लाख ५६ हजार ७ सय ९२ रुपैयाँको ग्रस व्यापार गरेको छ ।
साउन १ गतेदेखि प्रद्यर्शनमा आएको यो फिल्मले प्रदर्शनको पाँचौं सातासम्म आइपुग्दा पनि दर्शकको उल्लेख्य साथ पाइरहेको देखिएको छ । पछिल्लो समय नेपाली फिल्ममध्ये सर्वाधिक चर्चामा रहेको ‘गौंथली’ ले घरेलु बक्सअफिसमा २५ करोड रुपैयाँभन्दा बढीको कुल ग्रस कलेक्सन गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)