मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पूरा (तस्बिरहरू)
ajakoartha.com · Mon Aug 24 08:25:00 GMT 2026

काठमाडौं– भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपालको अग्रणी व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पदाधिकारीले सोमबार प्रदर्शनीस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले मंगलबारदेखि सुरु हुने १८औँ संस्करणको नाडा अटो शोको सबै तयारी पूरा भएको बताए। उनका अनुसार, मंगलबार महेन्द्र पुलिस क्लबमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नाडा अटो शो २०२६ को औपचारिक उद्घाटन गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)