नेपालगन्जमा ‘दौडिन्छन् हजुरआमाहरु’
gorkhapatraonline.com · Mon Aug 24 08:43:58 GMT 2026
ज्येष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै पुस्ताबिचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने उद्देश्यले नेपालगन्जमा आयोजना हुँदैआएको ‘दौडिन्छन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण भदौ २१ गते हुने भएको छ ।
दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको आयोजना तथा नाट्टा बाँके च्याप्टरको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार आइतबारदेखि कार्यक्रमका लागि सहभागिता दर्ता खुला गरिएको छ । कार्यक्रममा सहभागी हुन शुल्क लाग्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)