सचेत गराइएका व्यक्तिलाई बैंक सञ्चालक बन्न दिनेगरी बाफिया संशोधनको तयारी
barnanmedia.com · Mon Aug 24 09:02:19 GMT 2026

सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य बनाउने गरी कानूनी प्रक्रिया अगाडि बढाएको छ।
सोमवार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यससम्बन्धी जानकारी दिएका हुन्। मन्त्री वाग्लेका अनुसार बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको हो। हालको व्यवस्थामा नियमनकारी निकायले कानुनविपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको ५ वर्ष अवधि व्यतीत नभएको व्यक्ति सञ्चालक बन्न नपाउने कडा प्रावधान छ। सरकारले यसमा ‘तर सचेत गराएको वा नसियत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुनेछैन’ भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)