गरिमा हत्या प्रकरणः अनुसन्धानका लागि थप एक बालक पक्राउ
annapurnapost.com · Mon Aug 24 09:02:30 GMT 2026

सिमरा : बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरी हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नाबालक रहेका कारण प्रहरीले नाम र ठेगाना खुलाएको छैन।
ती बालकलाई सिमरा आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका बालक यसअघिनै प्रहरी हिरासतमा रहेका १६ वर्षीय अर्का बालकको साथी रहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बालकलाई आइतबार पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)