आरुघाट अस्पतालको स्तरोन्नति ६ पालिकाले संयुक्त रूपमा गर्ने
baahrakhari.com · Mon Aug 24 09:08:20 GMT 2026

गोरखा । धादिङ र गोरखाको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ ।
आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिए । अस्पतालको प्रभाव क्षेत्र धादिङको आरुघाट, त्रिपुरासुन्दरी र गंगाजमुना तथा गोरखाको भिमसेन थापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीबीच छलफल भएको संयोजक थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)