चीनले पछि सार्यो चन्द्रमामा पानी खोज्ने ऐतिहासिक मिसन प्रक्षेपण
ratopati.com · Mon Aug 24 09:12:03 GMT 2026

बेइजिङ । चन्द्रमाको दक्षिणी ध्रुवमा पानीको बरफ खोज्ने उद्देश्यले तयार गरिएको चीनको रोबोटिक ‘चाङअ–७’ मिसन निर्धारित समयमा प्रक्षेपण नहुने भएको छ ।
चन्द्रमामा भविष्यमा मानव बस्ती बसाउन र अन्तरिक्ष अभियानका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको पानीको स्रोत पहिचान गर्न अमेरिका र चीनबिच प्रतिस्पर्धा चलिरहेका बेला चीनले आफ्नो अभियान स्थगित गरेको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको चीन मानव अन्तरिक्ष इन्जिनियरिङ कार्यालयको वक्तव्यअनुसार चाङअ–७ लाई यस वर्षका लागि तय गरिएको प्रक्षेपण अवधिमा अन्तरिक्षमा पठाउन सकिने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)