सांसद कर्णको प्रश्न : छोरी जन्मनु र जन्माउनु अपराध हो ?
ratopati.com · Mon Aug 24 09:18:32 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद नीनु कुमारी कर्णले ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्याको घटनालाई लिएर संसद्मा आक्रोश पोखेकी छिन्। उनले छोरीहरूको सुरक्षा गर्न नसक्ने राज्य संयन्त्र र अनुसन्धानको नाममा भइरहेको मिडिया ट्रायल प्रति गम्भीर प्रश्न उठाएकी हुन्।
‘के छोरी जन्मनु र जन्माउनु अपराध हो ? कि छोरी भएर छोरीको शारीरिक संरचना नै यो समाजको लागि पाप हो ? मलाई जवाफ चाहिएको छ’ सांसद कर्णले प्रश्न गरिन्। उनले एउटा छोरीमाथि शारीरिक आक्रमण हुँदा र उसको शरीर क्षतविक्षत पारिँदाको पीडा केवल एउटी आमाले मात्र बुझ्न सक्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)