इरानको भीषण प्रतिआक्रमण २१ अमेरिकी सैन्य लक्ष्यमा हमला, मध्यपूर्व थप युद्धको संघारमा
newsofnepal.com · Wed Jun 10 05:27:04 GMT 2026

तेहरान । अमेरिका र इरानबीचको प्रत्यक्ष सैन्य टकराव झन् तीव्र बन्दै गएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकी हवाई तथा नौसैनिक संरचनासहित २१ वटा सैन्य लक्ष्यमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीका अनुसार जोर्डनस्थित अल–अजराक सैन्य अड्डामा रहेका एफ–३५ लडाकु विमानका ह्याङ्गर, कमाण्ड तथा नियन्त्रण केन्द्र र अन्य सैन्य संरचनालाई निशाना बनाइएको छ। कुवेतको अली अल–सालेम हवाई अड्डा तथा बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयमा समेत ड्रोन तथा मिसाइल प्रहार गरिएको दाबी इरानले गरेको छ। यद्यपि अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकम र क्षेत्रीय सुरक्षा स्रोतहरूले अधिकांश मिसाइल तथा ड्रोनहरू बीचमै अवरोध गरिएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)