इरान युद्ध नयाँ चरणमा प्रवेश गर्ने सङ्केत
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने सङ्केत गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दाबी गर्दै सैन्य अभियानको उद्देश्य पूरा भएको बताएका छन्।
फक्स न्युजसँग आइतबारको अन्तर्वार्तामा उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहेको र राष्ट्रपति ट्रम्पले त्यो उद्देश्य पूरा गरेको दाबी गरे। इरानसँगको वार्तामा मुख्य चुनौती विश्वासको अभाव रहेको बताउँदै उनले ‘वार्ताको टेबलको अर्को छेउमा रहेका इरानीहरूलाई विश्वास गर्न सकिँदैन’ भने।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)