लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
ratopati.com · Mon Aug 24 09:34:22 GMT 2026

बुटवल। एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारले नेकपाबाट तीन जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् हेरफेर गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै केही साविकका मन्त्रीको जिम्मेवारीसमेत परिवर्तन गरेका छन्।
मन्त्रिपरिषद् हेरफेरसँगै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी कृष्ण कुसुम थारुलाई दिइएको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)