तेस्रो विश्वासको मतमा कार्की, नेकपासँग दीर्घ सहकार्यको दाबी
nepalnews.com · Mon Aug 24 09:35:28 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत मागेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा उनले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरूसँग आग्रह गरेका हुन्।
सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले नेकपासँगको सहकार्य मन्त्री बनाउनका लागि मात्रै नभएको दाबी गर्दै सहकार्य लामो समयसम्म जाने बताएका छन्। केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदा प्रदेश सरकार विपक्षी जस्तो बन्नु पर्ने अवस्था आएको भन्दै उनले राजनीतिक अस्थिरताप्रति असन्तुष्टि जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)