सेयर बजार २६ सय मुनि झर्यो, सबै सूचक घटे
onlinekhabar.com · Mon Aug 24 09:31:50 GMT 2026

८ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २६ सय मुनि झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १९.१३ अंक घटेको हो । यो कमीसँगै नेप्से परिसूचक २५९९ अंकमा कायम भएको छ ।
अघिल्लो दिन नेप्से १०.६७ अंक घटेको थियो । आज कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ अर्ब २३ करोडको भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)