तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
khabarhub.com · Mon Aug 24 09:38:22 GMT 2026

काठमाडौं – प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ३६७ केजी अवैध लागुपदार्थ–गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)