पदमा फर्किएको एक दिनमै गभर्नर रोचा पुनः बिदामा
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गरेका छन्।
रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समार्फत पत्र सार्वजनिक गरेका हुन्। यसअघि उनले शुक्रबार मात्रै सिनालोआको नेतृत्व पुनः सम्हालेको घोषणा गरेका थिए। मेक्सिकन अभियोजकहरूले अनुसन्धान अघि बढाएपछि उनी गत मे महिनामा पदबाट अस्थायी रूपमा अलग भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)