विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग
baahrakhari.com · Mon Aug 24 09:40:18 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आएको समयमा विदेशबाट आयात हुने स्याउ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै शाहीले जुम्लालगायत हिमाली जिल्लाका किसानले कठोर मौसममा मेहनत गरेर उत्पादन गरेको नेपाली स्याउले बजार नपाउने तर चीन र भारतबाट ठूलो परिमाणमा स्याउ आयात हुने अवस्था अन्त्य गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)