सेयर बजारमा १९ अङ्कको गिरावट, २६ सय मुनि ओर्लियो सूचक
ratopati.com · Mon Aug 24 09:44:05 GMT 2026

काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो । सवा महिना अघि २६ सयभन्दा तल रहेको परिसूचक फेरि यो तहमा झरेको हो।
बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्सेले अन्तिम समयसम्म पनि घट्ने क्रमलाई निरन्तरता दिँदै सो बराबरको गिरावट व्यहोरेको हो। आज कुल ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)