गरिमा चौधरी हत्या अभियुक्तको बयानका क्रममा भिडियो खिच्ने प्रहरी पक्राउ
rajdhanidaily.com · Mon Aug 24 09:41:02 GMT 2026

काठमाडौं । बाराकी बालिका गरिमा चौधरी हत्या अभियुक्तको बयानको भिडियो खिच्ने प्रहरी पक्राउ परेका छन् । बालात्कारपछिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा ती प्रहरी प्रकाउ परेका हुन् ।
भिडियोमा अन्य दुई प्रहरी पनि देखिएका छन् । एकजना प्रहरी भने बीचैमा उठेर हिडेको र अर्का एक प्रहरीले भने भिडियो बनाइरहेको देखिन्छ । उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् । प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)