एक पटक पुग्ने हाेइन त ऐतिहासिक मकवानपुरगढी!
saralpatrika.com · Mon Aug 24 09:44:47 GMT 2026

बागमती। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो। सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबारे मकवानपुरकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चासोमा र चर्चामा छ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनुपूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहासलाई झल्काउने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)