सीमापारि ब्राउन सुगर तस्करीको जालो, साढे २३ लाख रुपैयाँसहित तीन कारोबारी पक्राउ
annapurnapost.com · Wed Jul 01 15:15:44 GMT 2026

झापा : खुला सीमा नाकाका कारण भारतबाट लागूऔषध ब्राउनसुगर दैनिक भित्रिरहँदा यहाँका सुरक्षा निकायलाई नियन्त्रणमा चुनौती थपिरहेको बेला भारतीय सुरक्षा निकायले दुई स्थानबाट तीन जना ब्राउनसुगर कारोबारीलाई करिब साढे २३ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ ।
भारतीय सुरक्षा निकायले ब्राउनसुगर नेपाल सप्लाई गर्ने तयारी गरिरहेको गोप्य सूचनाको आधारमा किशनगञ्ज जिल्ला अन्तर्गत गलगलिया र दिघलबैंक क्षेत्रमा छापा मारेर ६२३ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो भारतीय सुरक्षा निकायको ठूलो सफलता हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)