एनएसजेएफ स्पोर्ट्स अवार्डमा नासाको सहकार्य निरन्तर
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटजको सहकार्यले यो वर्ष पनि निरन्तरता पाएको छ । यही भदौ १८ गते हुने अवार्डको २३औँ संस्करणको लागि नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ र नासा सेक्युरिटिज कम्पनी लिमिटेड बीचको सहकार्य सम्झौता नवीकरण भएको छ । सम्झौतासँगै नासा सेक्युरिटिज अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ ।
सम्झौताअनुसार नासाले अवार्डमा सहप्रायोजन गर्नेछ । मञ्चले नासालाई अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’का रूपमा प्रवर्धन गर्नेछ । सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)