मस्को वरपर भीषण ड्रोन आक्रमण: युक्रेनतर्फ सोझियो औँला
hamrakura.com · Sun May 17 00:00:00 GMT 2026
काठमाडौँ । रुसको राजधानी मस्को र यसको वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो मात्राको ड्रोन (मानवरहित हवाई यान) आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले घटनाको पुष्टि गर्दै आक्रमणबाट ठूलो भौतिक क्षतिसमेत भएको जानकारी दिएका छन्।
गभर्नर भोरोब्योभका अनुसार, एउटा आवासीय घरमा ड्रोन ठोक्किँदा एक महिलाको ज्यान गएको हो। उद्धारका क्रममा थप दुई पुरुषको पनि शव फेला परेसँगै मृतकको सङ्ख्या तीन पुगेको हो भने अझै एक व्यक्ति भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ। आइतबार बिहान करिब ३ बजेदेखि नै रुसी वायु रक्षा प्रणालीले आकाशमै यी ड्रोनहरूलाई रोक्ने र खसाल्ने प्रयास गरिरहेको उनले बताए। यस क्षेत्रमा कम्तीमा ४ जना घाइते भएका छन् भने विभिन्न पूर्वाधार संरचनाहरूमा पनि क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)