३६७ किलो गाँजासहित तीन पक्राउ
nepalnews.com · Mon Aug 24 10:22:46 GMT 2026

काठमाडौं । प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले ३६७ किलो अवैध लागुपदार्थ–गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)