मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु
ratopati.com · Mon Aug 24 10:28:33 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिँदैछन् । बैठकमा मत विभाजनको प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक परिस्थितिअनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)