नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा अति आकर्षक ५.७५% ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक
barnanmedia.com · Mon Aug 24 10:24:58 GMT 2026

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५% को अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। यो ब्याजदर एक बर्षसम्म स्थिर रहनेछ ।
“मेहेनती हातलाई हाम्रो साथ” भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउनेबैेंककोलक्ष्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)