गौराले गुल्जार दार्चुला
annapurnapost.com · Wed Sep 02 04:41:17 GMT 2026

दार्चुला : बिहानको घाम आँगनमा झुल्किँदै गर्दा दार्चुलाका गाउँबस्तीमा चहलपहल सुरु हुन्छ। कतै घरको आँगन लिपपोत भइरहेको छ, कतै तामाको भाँडोमा बिरुडा भिजाइँदैछ।
महिलाहरू नयाँ पहिरनमा सजिएका छन्। कसैको मुखमा फागका भाका गुञ्जिएका छन् भने कतै गौराघर सजाउने तयारी चलिरहेको छ। गाउँका चौतारा, मन्दिर र आँगनमा भेटघाट बाक्लिएको छ। परदेसिएका आफन्त फर्किन थालेपछि लामो समयदेखि सुनसानजस्तै बनेका घरमा फेरि हाँसो र खुसी फर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)