पुत्रदा एकादशी: सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र कल्याणको कामना गरी मनाइँदै
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण एकादशीमध्ये पुत्रदा एकादशी व्रत आज मनाइँदैछ । नेपाली पात्रोअनुसार आज श्रावणशुक्ल पक्षको एकादशी तिथि परेको हो । यस एकादशीलाई पवित्रा एकादशीसमेत भनिन्छ।
पुत्रदा एकादशी विशेषगरी सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै मनाउने धार्मिक परम्परा छ । धार्मिक मान्यताअनुसार यस दिन भगवान् विष्णुको श्रद्धापूर्वक पूजा-आराधना गरी व्रत बस्दा मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)