शैक्षिक गुणस्तर वृद्धिका लागि सीपमूलक र रोजगारमुखी पाठ्यक्रम निर्माणमा जोड
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणका क्रममा आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाहरूले समयसापेक्ष र सीपमूलक पाठ्यक्रम निर्माणमा जोड दिएका छन्। उनीहरूले शिक्षालाई उत्पादन र रोजगारसँग नजोडिएसम्म शैक्षिक गुणस्तर सुधार हुन नसक्ने बताएका हुन्।
आइतबार आयोजित विद्यालय व्यवस्थापन तथा पाठ्यक्रमसम्बन्धी अन्तरक्रियामा विभिन्न शैक्षिक संस्था, अभिभावक संघ र शिक्षक महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा ऐनमा सबै पक्षको समान प्रतिनिधित्व र स्पष्ट मार्गचित्र हुनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)