सेयर बजारका विषयमा कांग्रेसको चासो, थाल्यो विज्ञहरूसँग परामर्श
arthasansar.com · Sun Aug 23 15:26:40 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ । कांग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताएका हुन् ।
त्यसै अनुरूप कांग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो शृङ्खलामा सेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको छ । छलफलको सुरुवात गर्दै सभापति थापाले सेयर बजारको वर्तमान अवस्था र यसका चुनौतीहरूबारे पार्टीले गम्भीरतापूर्वक छलफल सुरु गरेको बताए । मुलुकमा निर्वाचन सम्पन्न भएपछि सेयर बजारले उत्साहजनक गति लिने धेरैको अनुमान र अपेक्षा रहे पनि व्यवहारमा त्यस्तो हुन नसकेको थापाले स्वीकार गरे । ‘निर्वाचन पछाडि सेयर बजार अत्यन्त राम्रोसँग अगाडि जाला भन्ने अनुमान थियो, तर दुर्भाग्यवश जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,’ थापाले भने । थापाले यसका कारणहरू, अप्ठ्याराहरू र तत्काल गर्नुपर्ने सुधारका बारेमा विज्ञहरूसँग सुझाव मागिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)