बनेपामा १२४ वर्षदेखि निरन्तर कन्या–पूजाको तयारी, भदौ १९ गते हुने
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर बनेपामा १२४ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रसिद्ध ‘कन्या–पूजा’ को तयारी पूरा भएको छ। सनातन कन्या–पूजा प्रबन्ध समितिको आयोजनामा यस वर्ष आगामी भदौ १९ गते कृष्ण जन्माष्टमीको अवसर पारेर यो विशेष पूजा हुन लागेको हो।
विसं १९५९ देखि ‘अमूर्त सांस्कृतिक सम्पदा’ का रूपमा जगेर्ना गरिँदै आएको यो परम्पराअनुसार बनेपाको पुरानो बजार, भोलाखाँ टोलदेखि लायकु दरबार क्षेत्रसम्म रजस्वला नभएका र वेलविवाह नगरिएका कन्याहरूलाई देवीसरह पूजा गर्ने गरिन्छ। नेपालमा काभ्रेपलाञ्चोकबाहेक अन्यत्र यसरी बृहत् रूपमा कन्या पुज्ने प्रचलन पाइँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)