काभ्रेपलाञ्चोकलाई नसर्ने रोगको राष्ट्रिय सिकाइ केन्द्र बनाइने
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लालाई नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका लागि राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ। प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई यसको सिकाइ केन्द्र बनाउने विषयमा यहाँका १३ वटै स्थानीय तहका प्रमुखहरूले एकैसाथ प्रतिबद्धता जनाएका हुन्।
‘गोलमेच नीतिगत संवाद’ कार्यक्रममा स्वास्थ्य सेवा विभागअन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले हालसम्म प्राप्त उपलब्धि र अनुभव प्रस्तुत गर्दै यस अभियानले उच्च रक्तचापबाट उत्पन्न हुन सक्ने जटिलता न्यूनीकरणमा ठूलो सहयोग पुगेको बताएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)