आज पाँचओटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज सोमबार विभिन्न पाँचओटा संसदीय समितिका बैठकहरू बस्दै छन्। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल गर्न यी बैठकहरू आह्वान गरिएका हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ जसमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, बिहान ९:३० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)