गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
arthasansar.com · Mon Aug 24 02:56:13 GMT 2026

अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अलजजिराका अनुसार भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए । घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री अमाडो उरी बाहले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)