मुक्त हरवाचरवाको पहिचान र पुनःस्थापना गर्न अधिकारकर्मीहरूको सरकारसँग माग
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानमा विभिन्न पाँचवटा संस्थाले ऐक्यबद्धता जनाउँदै यस्तो आग्रह गरेका हुन्।
राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चद्वारा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा हरवाचरवा मुक्त भएको चार वर्ष पूरा हुँदा पनि माग सम्बोधन नहुनु विडम्बनापूर्ण भएको जनाइएको छ। विसं २०७९ साउन २ गते सरकारले हरवाचरवा प्रथा अन्त्य तथा मुक्तिको घोषणा गरे पनि हालसम्म उनीहरूको पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)