नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, अनिवार्य रुपमा १० अर्बको कारोबार हुनै पर्ने
arthasansar.com · Mon Aug 24 04:57:06 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । टेलिकमले चालु आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका कम्पनीलाई सूची दर्ताका लागि आवेदन दिन आग्रह गरेको हो ।
सूचीकरणका लागि इच्छुक ब्रोकर कम्पनी प्रचलित कानुनअनुसार कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको तथा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)