भाषणमा क्रान्ति र व्यवहारमा सत्तामोह : प्रचण्डको क्रान्तिकारी भाषण र सत्ताको अंकगणितबीचको अन्तरविरोध
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । जब पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा उभिन्छन्, उनका ओठबाट पटक–पटक वर्ग संघर्ष, उत्पीडित समुदायको मुक्ति, क्रान्तिकारी पुनर्गठन र सत्ताको मोह त्याग्ने भावुक उद्घोषहरू प्रतिध्वनित हुन्छन् । राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले फेरि एक पटक दाबी गरे–“केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । अब सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुनुहुँदैन, यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्छ ।”
दाहालको यो अभिव्यक्ति कुनै नयाँ आविष्कार वा अचानक प्राप्त भएको आत्मज्ञान थिएन । विगत दुई दशकको नेपाली राजनीतिक इतिहास पल्टाएर हेर्ने हो भने उनका यस्ता क्रान्तिकारी पश्चात्ताप र आत्मस्वीकारोक्तिहरू दर्जनौँ पटक दोहोरिइसकेका छन् । तर प्रश्न उठ्छ–के भाषणमा बोलिएको सिद्धान्त र काठमाडौंमा रचिने सत्तासमीकरणबीच कुनै तालमेल छ ? मञ्चबाट आन्दोलन र संघर्षमा केन्द्रित हुने उपदेश दिइरहँदा, त्यही समयमा प्रदेश सरकारहरूमा मन्त्रालयको भागबण्डा मिलाउन, मुख्यमन्त्री पार्टीका नेतालाई बनाउन र नयाँ गठबन्धनको तानाबाना बुन्न नेताहरू गुप्त मन्त्रणा गरिरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)